ननरोजेको बाटोAn Unchosen Path
आमुखPrefaceभित्रInsideसहायताCharityकसरी किन्नेHow to Buyसम्पर्कContactअहिले किन्नुहोस्Buy Now
आमुखPrefaceभित्रInsideसहायताCharityकसरी किन्नेHow to Buyसम्पर्कContact
अहिले किन्नुहोस्Buy Now→
गजल · I

घर छोड्ने रहर

तिम्रो व्यवहारमा ठूलो बदलाव आएको छ ।
थाहा छैन, कसले तिमीलाई के सुनाएको छ ।
हिजो घर छोड्नुलाई रहर बनाएको मनले,
आज घर फर्किनुलाई सपना बनाएको छ ।
मान्छे एकछिनको न्यानोलाई कतिसम्म गिर्ने ?
उसले आगो ताप्नुलाई मेरो घर जलाएको छ ।
यो मुटु उनलाई बस्न साँघुरो भयो भन्छिनु,
खै, यही मुटुमा मेरो पूरा देश अटाएको छ ।
❀
गजल · II

खरानी घस्र्दैमा हुन्छ ?

हातमा बोकेर पासपोर्ट, झोला कस्दैमा हजुर !
देश कहाँ बिर्सन सक्नु विदेश पस्दैमा हजुर !
साथमा चाहिएकै बेला साथमा हुँदैनौ तिमी,
विश्वास कसरी गर्नु खै ? दिलमा बस्दैमा हजुर !
रित्तो खल्तीमा उसले नजर लगाउँदै भन्यो,
दसैं गइदिए हुन्थ्यो, यो साल सस्तैमा हजुर !
जब कमान्डलु नै तपाईं सुनको बोक्नु हुन्छ,
साधु कसरी मान्नु ? खरानी घस्र्दैमा हजुर !
❀
गजल · III

हेराहेर

लु धेर हुन्छ, अब त पर्खाइ असाध्यै धेर हुन्छ ।
तिमीलाई पर्खिने हुँदा आफैँलाई अबेर हुन्छ ।
म फूल टिप्न खोज्छु तर काँडामै हात किन जान्छ ?
खै, जोसँग तर्किनु छ, ऊसँगै हेराहेर हुन्छ ।
जति सेर थिए, आफैँ लडेर सकिए, गर्नु के ?
कठै ! अब स्याल नै यहाँको निर्विकल्प सेर हुन्छ ।
मेरो हारको खबर सारा टोलमा फैलिसकेको छ —
हेर्दैं जामू, आज राति ककसको घरमा भतेर हुन्छ ।
❀
❀१००% नाफा · सामुदायिक विद्यालय❀८८ पृष्ठ❀नेपालभरि डेलिभरी
अहिले किन्नुहोस्·Buy Now→किताब हेर्नुहोस्·Peek Inside
आमुख · Preface

लेखकको आमुख

A note from the author

एउटा समस्याको समाधान खोज्दै जाँदा अनायासै अन्य धेरै समस्याका समाधानहरू पनि उजागर हुँदै जान्छन् । सायद त्यसैले भनिएको होला, सोचको सीमा र परिधि असीमित हुन्छ । कम्प्युटर विज्ञानमा विद्यावारिधि गर्ने क्रममा अनुसन्धानमा डुबिरहँदा, वैज्ञानिक निष्कर्षहरूसँगै गजल र मुक्तकहरू पनि स्वतः जन्मिन्थे । आखिर गजल र मुक्तक समेत सोच, समाज र हृदयलाई अक्षरमा उतार्ने विज्ञान त हुन् । भावनालाई आकार दिने इन्जिनियरिङ् न हुन् । तिनै सोचबाट जन्मिएका गजल र मुक्तकहरूलाई यस पुस्तकमा समेट्ने सानो प्रयास गरेको छु ।

विज्ञानमा हिजो थाहा नभएका कुरा आज पत्ता लाग्न सक्छन् । हिजो पत्ता लागेका तथ्यहरू आज परिमार्जित हुन सक्छन् । समयसँगै नयाँ वैज्ञानिक निष्कर्षहरू विकसित हुन्छन् र चलनचल्तीमा रहेका नियमहरू पनि रूपान्तरण हुँदै जान्छन् ।

मैले गजललाई पनि एउटा अनुसन्धानकै रूपमा हेर्ने भएकाले यस पुस्तकका केही गजलहरूमा साना नयाँ प्रयोगहरू गरेका छु — विशेषतः गजलको आत्मालाई अन्याय नगरिकन, काफियामा केही नयाँ श्रुतिसमभिन्नाथी र आगन्तुक शब्दहरूको प्रयोग भएको छ ।

अन्तमा, यी गजलहरूले तपाईंको हृदयमा छोड्ने अनुभूति सुन्न प्रतीक्षारत छु । तपाईं पाठकप्रति मेरो हार्दिक नमन ।

— आमोद खतिवडा
ग्रामथान २, झोराहाट, मोरङ ।
“भावनालाई आकार दिने इन्जिनियरिङ् न हुन् ।”“After all — this is the engineering that gives shape to emotion.”
लेखकको परिचय · About the Author
❀
Dr. Aamod Khatiwada

मोरङको ग्रामथानमा हुर्केका आमोद खतिवडा हाल अमेरिकामा काम गर्छन् । उनले Northeastern University बाट कम्प्युटर विज्ञानमा विद्यावारिधि (PhD) पूरा गरेका छन् ।

“नरोजेको बाटो” उनको पहिलो साहित्यिक कृति हो — विज्ञानको बाटोमा हिँड्दै लेखिएका गजल र मुक्तकहरूको संग्रह । यी रचनाहरूले समाज, देश, प्रेम, प्रकृति र विज्ञानलाई एकसाथ समेटेका छन् ।

— · ❀ · —

Aamod Khatiwada grew up in Grāmthān, Morang. He completed his PhD in Computer Science at Northeastern University and has authored nearly two dozen research papers in the field.

An Unchosen Path is his first literary work — a collection of gajals and muktaks born alongside scientific research, weaving together society, country, love, nature, and science.

“गाउँको खेत, चियापसल र विद्यालयका कक्षाहरूमा जुन सपना देखेका थिए, तिनै सपनाहरू आज विदेशको प्रयोगशालामा अनुसन्धान बनेर बसेका छन् — तर हृदयमा बस्ने गाउँ, घर र भाषा कहिल्यै हराएन ।”“The dreams once dreamt in village fields, tea shops and classrooms are today's research in a foreign lab — yet the village, the home and the language that lived in his heart never left him.”
केही झलकहरू · A few glimpses

किताब भित्र के छ?

A peek between the pages
❀

खरानी घस्र्दैमा हुन्छ ?

Does smearing ash make a saint?
हातमा बोकेर पासपोर्ट, झोला कस्दैमा हजुर !
देश कहाँ बिर्सन सक्नु विदेश पस्दैमा हजुर !
Passport in hand, bag tightening — how can one forget a country just by leaving it?
❀

उसको बाकस

Usako Baakas — His Suitcase
ऊ भन्थ्यो, म बाकस भर्न विदेश गएको हुँ,
तर उसकै बाकस लिई विमान आएको छ ।
He left to fill a suitcase. The suitcase came back without him.
❀

कपट

Kapat — Deceit
ऊ रहुन्जेल उसलाई कसैले असल देखेन,
आज ऊ सकियो, उसका कपट सकिए ।
No one called him good while he lived. The day he died, even his lies died with him.
❀

अनजान मान्छे

Anjan Manche — A Stranger
तिमीले दिएको पीडा भुल्नु हुँदैन थियो ।
तिम्रो सामुन्ने ज्यादा खुल्नु हुँदैन थियो ।
I shouldn't have forgotten the pain you gave. I shouldn't have opened so freely before you.
… र अरू ८० भन्दा बढी गजल र मुक्तकहरू ।… and 80+ more gajals and muktaks await inside.सम्पूर्ण किताब किन्नुहोस्·Get the full book→
१००% नाफा · 100% of profits
पढिने किताबले,
पढ्ने पुस्ता जन्माउनेछ ।
A book that gets read,
will birth a generation that reads.
१
तपाईंले
किन्नुहुन्छ
You buy
one book
→
२
नाफाले
किताब किन्छ
Profits buy
more books
→
३
पुस्तकहरू
विद्यालयमा पुग्छन्
Books reach
community schools
हाम्रो लक्ष्य · Our Mission
गत १० वर्षका १० वटा मदन पुरस्कार विजेता पुस्तकहरूको संग्रह — नेपालभरिका सामुदायिक विद्यालयहरूमा ।
A curated set of 10 books, each a Madan Puraskar winner from the last decade, delivered to community schools across Nepal.
❀
“मदन पुरस्कार नेपाली साहित्यको सर्वोच्च सम्मान हो । यी १० किताबहरूले एउटा सानो विद्यालय पुस्तकालय जन्माउनेछन् ।”
अहिले किन्नुहोस्·Buy Now→
कसरी किन्ने · How to buy

कसरी किन्ने ?

Three ways to get your copy
❀

घरमै डेलिभरी

Home Delivery — within Nepal
काठमाडौँ उपत्यका भित्र: २–३ दिन
Within Kathmandu Valley: 2–3 days
काठमाडौँ बाहिर: ४–७ दिन
Outside the valley: 4–7 days
मूल्य · रू ३००
डेलिभरी शुल्क: उपत्यका: रू ५० · बाहिर: रू ७५
अर्डर गर्नुहोस्·Order
❀

पसलबाट लिनुहोस्

Pickup from a nearby store
त्रिशक्ति पुस्तक भण्डारमाईतीघर, काठमाडौँ९८४१-३०४५७०
Ekta Books Pvt. Ltd.Thapathali, Kathmandu(+977-1) 5345787
स्टक सुनिश्चित गर्नुहोस्·Reserve a Copy
❀

विदेशबाट अर्डर

International Orders
विदेशबाट डेलिभरी चाँडै उपलब्ध हुनेछ ।
International shipping will be available soon.
थप जानकारीका लागि सम्पर्क गर्नुहोस् ।
सम्पर्क गर्नुहोस्·Get in Touch
अर्डर गर्नुहोस् · Place your order

अर्डर गर्नुहोस्

A copy in your hands, a book on a child's shelf
❀❀❀❀
“हरेक अर्डर — एउटा विद्यार्थीको पुस्तकालयतर्फ एक पाइला ।”Every order is a step toward a child's first library.
Loading form…
घरमा डेलिभरीमा क्यास अन डेलिभरी (Cash on Delivery) उपलब्ध छ । पसलबाट किन्दा सिधै पसलमा भुक्तान गर्नुहोस् ।Home delivery: Cash on Delivery available. Bookstore pickup: pay directly at the store.
सम्पर्क · Get in touch

सम्पर्क

Get in Touch

किताब बारे प्रश्न ? सहायता बारे जिज्ञासा ? थोक खरिद वा गिफ्ट प्याक चाहिन्छ ? — हामीलाई सम्पर्क गर्नुहोस् ।

khatiwadaaamod@gmail.com+977 98-2594-1683WhatsApp · +1 806-401-2973facebook.com/khatiwoda.aamod
ग्रामथान युवा समूह
ग्रामथान २, झोराहाट, मोरङ, नेपाल
Loading reviews…
The Book
नरोजेको बाटो
An Unchosen Path

A collection of gajals & muktaks
by Aamod Khatiwada · 88 pages

© 2025 · Aamod Khatiwada

All proceeds donated to community
schools across Nepal.

Quick Links
  • आमुख Preface
  • किताब भित्र Inside
  • सहायता बारे Charity
  • अर्डर Order
  • सम्पर्क Contact
A Closing Verse
तारिफ दियोको भएपनि
जल्ने त आखिर तेल रहेछ ।
जीवन अरुलाई लिस्नु बनाइ
माथि चढ्ने खेल रहेछ ।
❀Published with love by ग्रामथान युवा समूह
Built for readers, by readers, for the next generation of readers.
पाठकका भनाइ · Reader Reviews

पाठकका भनाइ

What readers are saying
★★★★★
4.9 out of 5
Based on 47 reviews
सुदीप घिमिरे · Pokhara
★★★★★

“पहिलो पटक यस्तो लाग्यो — कुनै किताबले मलाई आफूसँगै बस्न लगायो । प्रत्येक गजल एकपटक होइन, धेरै पटक पढ्न योग्य ।”

वैशाख २०, २०८२
Anjana Sharma · London, UK
★★★★★

“Ordered three copies — one for me, two for friends abroad. The book arrived beautifully packaged. Reading it felt like returning home for the briefest, sweetest moment.”

Apr 28, 2025
रमेश ओली · Doha, Qatar
★★★★★

“विदेशमा बस्दा देश सम्झने एउटा बहाना भयो । 'खरानी घस्र्दैमा हुन्छ' पढेपछि धेरै बेर म आफ्नै कुरामा डुबेँ ।”

चैत १४, २०८१
माया तामाङ · Biratnagar
★★★★★

“१००% नाफा सामुदायिक विद्यालयमा जाने सुनेर म पहिलो दिनै किनेँ । अब पढ्दा थप गहिरो लाग्यो । धन्यवाद आमोदजी ।”

चैत ८, २०८१